अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्र र लिङ्देनबीच गोप्य भेटवार्ता !

विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफ्नो सक्रिय राजनीतिक यात्रा नयाँ ढंगबाट सुरु गर्ने तयारी गरेका छन् ।स्थानीय तह चुनावमा निराशाजनक परिणाम आएको भन्दै अध्यक्ष पदबाट राजीनामा दिएका उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग गोप्य भेटवार्ता गरेको खुलेको छ ।

स्थानीय तह निर्वाचनमा सम्मानजनक मत पाउन नसकेको भन्दै नैतिकताको आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका उनले राप्रपाका अध्यक्ष लिङ्देनसँग गोप्य भेटवार्ता भएको स्रोतले दा’बी गरेको छ ।उनले विवेकशील साझा पार्टीमा साधारण सदस्य मात्रै रहने भनेर अध्यक्ष पदबाट राजीनामा दिँदै गर्दा अबको केही दिनभित्रै राप्रपा प्रवेशको तयारी भएको र त्यसकै लागि लिङ्देनसँग सुटुक्क भेटवार्ता भएको भनिएको छ ।

 

यसअघि पनि मिश्रले राप्रपासँग सहकार्यको प्रस्ताव अघि सार्दा पार्टीभित्र विवाद मच्चिएको थियो । यस्तै उनले बहुमत सदस्यबाट पारित गराएको राजनीतिक दस्तावेजले पार्टीको एक समूह नै बाहिरिएको थियो ।विवेकशील साझा पार्टीलाई नै राप्रपासँग एकीकरण गर्दा आफू झनै आलोचित हुने देखेका उनले आफू र आफ्नो पक्षधर केही व्यक्ति लिएर राप्रपा प्रवेशको तयारी गरेका स्रोतको दा’बी छ

यसअघि स्थानीय तहको चुनावअघि पनि राप्रपाका अध्यक्ष लिङ्देन र मिश्रबीच छलफल भएको थियो । त्यतिबेला बसेको विवेकशील साझा पार्टीको,केन्द्रीय कमिटी बैठकमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँगको एकताबारे स्पष्ट पार्न केन्द्रीय सदस्यहरुले मिश्रलाई आग्रह गरेपछि वि’वा’द भएको थियो ।

 

मिश्रले एजेन्डा नै नरहेको विषयलाई औपचारिक रुपमा बहसमा ल्याउन नचाहेको बताएपछि केही केन्द्रीय सदस्यहरुले वि’रो’ध जनाएका थिए ।

 

 

 

राजनीति