तिन नम्बर पुल नजिक दुईवटा ट्रक दुर्घटना हुँदा एउटा ट्रक जलेर नष्ट

हेटौंडा/ पूर्व पश्चिम राजमार्ग बाराको जीतपुर सिमरा२२ तिन नम्बर पुल नम्बर पुलको मोडमा दुईवटा ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एउटा ट्रक जलेर नष्ट भएको छ। 

हेटौंडाबाट अम्लेखगञ्ज तर्फ जाँदै गरेको ना ३२८६ नम्बरको ट्रक विपरीत दिशाबाट आउदै गरेको ना ४२४२ नम्बरको मिनि ट्रक नम्बर पुल नम्बरपुलको मोडमा ठक्कर खाई दुर्घटना  भएको हो।

उक्त दुर्घटनामा ना ३२८६ नम्बरको ट्रक जलेर नष्ट भएको बारा प्रहरीले जनाएको छ। 

आगलागीमा कुनैपनि मानवीय क्षती नभएको जनाइएको छ।ट्रकमा लागेको आगो नेपाल आयल निगम अम्लेखगञ्ज हेटौंडाबाट गएको बारुद यन्त्र सहितस्थानीय,प्रहरीको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। 

समाज