आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै

इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।


नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन चाहेको छ । राजस्थान भने गुजरातलाई हराएर उपाधि उचाल्ने होडमा छ । गुजरात दोस्रो पटक आईपीएलको उपाधि उचाल्ने योजनामा रहेको छ ।

खेलकुद