तारा एयर दुर्घटनामा परेका सबैको शव फेला

काठमाडौं ।  तारा एयरको जहाजमा परेर मृत्यु भएका सबैको शव फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा आइतबार दुर्घटनाग्रस्त भएको जहाजमा परेर मृत्यु भएका सबैको शव फेला परेको हो ।

सोमबारसम्म २१ जनाको शव भेटिएकोमा आज बिहान थप १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिए । उनकाअनुसार खोँचमा अड्किरहेको अवस्थामा शव फेला परेको हो ।

थासाङ–२ को सानसुरेमा रहेको घटनास्थलबाट १० वटा शव कोबाङ ल्याइएको डिएसपी दानीले बताए । दुर्घटनास्थलमा रहेका दुइटा शव कोवाङ झार्ने तयारी छ ।

सबै शव कोबाङ पु¥याइएपछि आजै काठमाडौँ ल्याउने तयारी छ । सोमबार काठमाडौँ ल्याएका १० शव पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको थियो।  शवहरू पोष्टमार्टम गरेपछि परिवारजन तथा आफन्तको जिम्मा लगाउने तयारी छ ।

समाचार