डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने तयारी

हेटौंडठा । इन्धनमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको सरकारले पेट्रोललियम पदार्थको मूल्य पनि मूल्य घटाउने तयारी गरेको छ । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटरमा १०–१० रुपैयाँ मूल्य घटाउने तयारी अघि बढाएको हो ।
इन्धनको मूल्य निरन्तर बढ्दा उपभोग्य सामानको मूल्य बढेको भन्दै सवत्र विरोध भएपछि सरकारले इन्धनमा लगाउँदै आएको कर घटाएर इन्धनको मूल्य घटाउने तयारी गरेको हो ।
इन्धनमा लाग्दै आएको पूर्वाधार कर घटाउन अर्थ मन्त्रालयले सहमती जनाएसँगै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले त्यसका लागि अध्ययन सुरु गरेको छ । सरकारले डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क र पूर्वाधार कर लगाउँदै आएको छ ।
अन्तराष्ट्रिय बजारलाइ आधार मानेर इन्धनको मूल्य तोक्दै आएको सरकारले अन्तराष्ट्रिय बजारमा मूल्य लगातार बढेपछि उपभोक्तालाई राहत दिन कर घटाएर भएपनि मूल्य घटाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा प्रति लिटरमा १०–१० रुपैयाँका दरले पूर्वाधार कर घटाउन सहमती जनाएको हो । बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडुले नेपाल आयल निगमसँग छलफल गरेर इन्धनको मुल्य चाँडै घटाइने जानकारी दिएका छन् ।
नेपाल आयल निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बृद्धि गरेको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ ।

समाचार