५ देखि ११ वर्षका बालबालिकालाई असार दोस्रो सातादेखि कोरोनाविरुद्धको खोप लगाइने

हेटौंडा । सरकारले असार दोस्रो सातादेखि ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । सरकारले खोप अभियान विद्यालय तहमै सञ्चालन गरिने तयारी गरेको छ ।
कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेका ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा.सागर दाहालले अबको एक महिना अर्थात् असार दोस्रो सातादेखि ती उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए ।

समाचार समाज