मकवानपुरगढीमा बोलेरो दुर्घटना : ८ जना घाइते

हेटौंडा । मकवानपुरमा शुक्रबार आधारातमा पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको छ ।साढे एक बजेको समयमा गढी गाउँपालिका वडा नम्बर २ जिपलाईन स्थित कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ जादँै गरेको ना४च ६४३६ नं।को बोलेरो पिकप आफै अनियन्त्रित भई दुर्घट्ना हुदा उक्त बोलेरोमा सवार ८ जना घाइते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि चुरेहिल अस्पताल पठाइएको र २ जनालाई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

सवारी दुर्घटना हुँदा वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधी घाइते भएका छन् । घाइते हुनेमा अधिकांश जसपाबाट विजयी भएका जनप्रतिनिधी रहेका छन् । घाइते हुनेहरुमा वीरगन्ज महानगरपालिका वडा २० का श्रवण यादव, वडा ३२ का मनोज यादव, वडा २४ बस्ने सन्त यादव, सद्दाम हुसैन, वडा २५ का जग्दिस साह, वडा ३२ बस्ने पुजा राम र वडा २९ बस्ने धर्मेन्द्र महतो रहेका छन् ।

जनता समाजवादी पार्टीबाट वीरगन्ज वडा नं। ३० को वडाध्यक्षमा विजयी भएका मनोज यादवको अनुहार र दाहिने कुममा चोट लागेको छ । उनको अवस्था मध्यम जनाइएको छ । मकवानपुर प्रहरीका अनुसार घाइेतको पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारका लागि रेफर गरिएको छ ।बोलेरोका चालक वीरगन्ज २० बस्ने भानु यादव फरार रहेका छन् ।

khabar break

 

समाज