कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चौघडाका दाहालको मृत्यु

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-३ तिनताप्केमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा हेटौंडा घर भएका एक युवकको ज्यान गएको छ ।
शुक्रबार दिउँसो हेटौंडाबजार तर्फ आउदै गरेको ना ५ च ३६२७ नम्बरको गाडी तिनताप्के नजिक अनियन्त्रित भई आफै दुर्घटना भएको थियो । दुर्घटनामा परेर उक्त गाडीमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडा घर भएका ३३ बर्षीय गोपाल दाहालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ।उक्त बोलेरोका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

समाज स्थानीय