आजको मौसमः चट्याङ्गसहित वर्षाको सम्भावना 

नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ।

अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको हो । आज (शनिबार) प्रदेश-१ र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। 

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। प्रदेश-१ र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो भने प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । 

अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। प्रदेश-१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा समेत हुनेछ । साथै मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाकोसमेत सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

समाचार