लागुऔषध नाईट्राभेट सहित २ जना पक्राउ   

हेटौंडा । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नम्बर ६ बाट लागूऔषध नाईट्राभेट सहित दुई जनालाई पक्राउ गरेको छ ।

भिमफेदी सडकखण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ३५५३ नं. को यात्रुबाहक सुमो लाई रोकी जाँच गर्ने क्रममा प्रहरी उक्त परिणामको लागूऔषध सहित दुईजनालाई पक्रा गरेको हो । 
प्रहरी टोलीले उक्त सुमोमा सवार तनहु जिल्लाको देबघाट गाउँपालिका वडा नम्बर ४ बस्ने २१ बर्षका सरोज भुजेल र काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेल नगरपालिका वडा नम्बर ९ बस्ने २३ बर्षका जंगबहादुर तामाङलाई लागुऔषध नाईट्राभेट ५३८ ट्याबलेट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । 
पक्राउ परेका भुजेल र तामाङ माथी आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।prastakhabar

समाज