सिचाईटोलमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु, दुई जना घाईते 

हेटौंडा । मकवानपुरको हेटौंडा–५ सिचाईटोलमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

शनिबार साँझ सवा ७ बजे ममनकामना चोकबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा ९५ प ८५६१ को मोटरसाइकल आफै अनियन्त्रित हुँदा जनकपुर घर भइ हेटौंडामा डेरा बस्दै आएका ३९ वर्षीय अन्जन कर्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि,मोटरसाइकल दुर्घटनामा कर्णकी श्रीमती ३२ वर्षीया कल्पना कर्ण र ११ वर्षीय छोरा आर एन कर्ण घाईते भएको र उनिहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।-khabarbreak

समाज