बढ्यो सुनको मूल्य 

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको हो । छापावल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ