हेटौँडामा मूल्यबृद्धि बिरुद्ध प्रर्दशन

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा हेटौँडामा प्रर्दशन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेपछि अनेरास्ववियुले हेटौँडामा बिरोध प्रर्दशन गरेको हो ।

प्रर्दशनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिरमा आगो लगाईएको छ । बुद्धचोकमा भएको बिरोध कार्यक्रममा प्रधानमन्त्रीको तस्बिर जलाईएको हो । सरकारले जनतालाई असर पर्नेगरि मूल्यबृद्धि गरेको भन्दै आफुहरु आन्दोलनमा उत्रनु परेको अनेरास्ववियु मकवानपुरका संयोजक विशाल पौडेलले बताए । सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनले बताए ।

समाचार