मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित एक युवक प्रकाउ

हेटौंडा । मकवानपुर प्रहरीद्वारा लागुऔषधसहित एक युवक प्रकाउ परेका छन् ।सोमवार बेलुकाको समयमा हेटौंडा १५ चुरियामाई स्थित पूर्व पश्चिम राजमार्ग सडकखण्डमा पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको बा २५ प १२४ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा हेटौंडा ४ बस्ने वर्ष २७ को सुनिल देउलालाई लागुऔषधसहित प्रकाउ परेका हुन् ।

देउलाले लुकाई छिपाई ल्याएको ६५ बोतल लागूऔषध विनसिरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार देउलालाई उक्त लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

समाचार