भित्री वस्त्र च्यातिएको अवस्थामा बूढानीलकण्ठमा महिलाको शव फेला 

काठमाडौंको बूढानीलकण्ठमा एक महिलाको शव फेला परेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बूढानीलकण्ठ नगरपालिका-३ की फुलमाया सुनार मृत फेला परेकी हुन् । 

प्रहरीले हत्या आशंकामा एक जनालाई पक्राउ गरेको छ । महिलाको भित्री वस्त्र च्यातिएको र शरिरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ । 

उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।

समाचार