हेटौंडामा आज एक दिने ‘डेरी मेला’ हुँदै

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज एक दिने ‘डेरी मेला’ हुँदै छ ।नेपाल डेरी एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा भोलि एक दिने डेरी मेला गर्न लागेको हो ।

हेटौंडा-२ को पल्पसा सदनमा हुने मेलामा दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचार प्रसार गर्न डेरी मेलाको आयोजना गर्न लागिएको एसोसिएसनले जनाएको छ ।

बिहान १० बजे देखि अपरान्न ४ बजेसम्म रहने डेरी मेलामा दुधबाट उत्पादन हुने विभिन्न प्रकार उपभोग्य बस्तु, खुवाँ बनाउने आधुनिक मेसिन लगायत अन्य दुधसंग सम्बन्धित प्लान्ट तथा दुधजन्य पदार्थबाट बन्ने बस्तु अवलोकन तथा विक्रीको लागि राखिने एसोसिएसले जनाएको छ ।

यसैगरि,एसोसिएसनको साधारणसभा एवं अधिवेशन आजै अपरान्न ४ बजेपछि सुरु हुने नेपाल डेरी एसोसिएसनले जनाएको छ ।-khabar break

समाचार समाज