४१ जनामा कोरोना संक्रमण 

 नेपालमा थप ४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
पछिल्लो २४ घण्टामा २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जना निको भएका छन् भने देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन् । 
पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन 

समाचार