राक्सिराङमा खोलाले दुईजनालाई बगायो 

मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ।
बुधबार परेको अविरल बर्षाका कारण स्थानीय वडा नम्बर ४ को सिमानामा पर्ने दुङ खोलामा आएको भेलले दुईजनालाई बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताएका छन्। मल्लले एकजनाको शव बालुवाले पुरेको अवस्थामा भेटिएको भन्ने अपुष्ट खबर आएको र प्रहरीलाई खबर गरिसकेको बताए। 
यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजना मात्र बगाएको भन्ने खबर प्राप्त भएको प्रहरी चौकी चैनपुरबाट प्रहरी घटनास्थल तर्फ गएको जनाएको छ। घटनाको विस्तृत विवरण आउन केही समय लाग्ने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।

समाज