सुनको मूल्य ३ सयले घट्यो 

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।

अर्थ