मकरी स्थित जंगलमा एक वृद्धको शव भेटियो

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मकरी स्थित जंगलमा एक वृद्धको शव भेटिएको छ। शव आइतबार साँझ नजिकैको जङ्गलमा फेला परेको हो। 

उक्त शव स्थानीय ६५ बर्षिया मानबहादुर घलानको  रहेको मकवानपुर प्रहरीले जनाएको छ।घलान शनिवार देखि बेपत्ता रहेका  थिए। 

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाचार