नागढुङ्गाबाट लागूऔषध गाँजाको धुलो सहित एक जना पक्राउ 

हेटौंडा । काठमाण्डौको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागूऔषध गाँजाको धुलो सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–८ बस्ने ४० वर्षीय दुतराज थिङ रहेका छन् ।

धादिङ माधबबेसिबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८५२३ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई ५ केजी लागूऔषध सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार