पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना पुष्टि  

पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ९ सय ८१ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज मात्र ४६ जना संक्रमणमुक्त भएका छन् भने  सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ। पछिल्लो २४ घण्टामा १ लाख २१ हजार ५१५ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएको मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएको छ। मंगलबार मात्र देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका थिए। मन्त्रालयका अनुसार मंगलबार ३  हजार ३ सय ५७ जनामा परीक्षण गरिएको थियो।

समाचार