यस्तो छ आजको मौसम

हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ  ।

समाचार