दुई छुट्टाछुट्टै स्थानबाट गाँजासहित २ जना पक्राउ

धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाटगाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे अस्थायी प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो।

यसरी गाडीमा गाँजा बरामद भएसँगै चालक शहीदभूमि गाउँपालिकापा-५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बाट ठूलो परिमाणको गाँजा सहित १ जना पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख २९२६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो। पिकअपमा गाँजा बरामद भएसँगै चालक शहीदभूमि गापा-२ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

समाचार