आजदेखि काठमाडौँको फोहोर उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउने भएको छ । आज बिहान ६ बजेदेखि फोहोर उठ्ने महानगरपालिकाले जनाएको छ । आजदेखि उठाउने भएकोले पायक पर्ने स्थानमा फोहोर संकलन गरेर राख्‍न महानगरले अनुरोध गरेको छ ।

महानगरले यसअघि झै फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा राखेको जनाएको छ । केही दिन अघि महानगरले एक सातासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाडौँ महानगरले धन्यवादसमेत दिएको छ ।

समाचार