बागमती गाउँपालिकाः नदिजन्य पदार्थको बिना प्रतिस्पर्धा ठेक्का, जाली खरिदको बिल छ, जाली छैन


हेटौंडा ।
 मकवानपुरको पूवी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा नदिजन्य पदार्थको ठेक्का मिलेमतोमा देखिएको पाइएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ मा नदिजन्य पदार्थ बिक्रीका लागि बोल्पत्र मार्फत प्रतिस्पर्धा गराएर दिनुको सट्टा त्यसै दिएको पाइएको छ ।

गाउँपालिकाले कालिका–स्वछन्द रान्केन जेभीलाई १८ लाख ९ हजार ४२० रुपैयाँमा बिना प्रतिस्पर्धा ठेक्का दिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । वातावरणिय प्रभाब मुल्याङकन समेत नगरेर त्यसै ठेक्काको संझौता गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

यसैगरी बागमती गाउँपालिकाले विपद् पूर्व तयारीका लागि भनेर २ लाख ६४ हजार ३ सय १९ रुपैयाँको जाली गरीद गरको बिल प्राप्त भएपनि जाली कहाँ प्रयोग भएको हो भनेर नभेटिएको महालेखाले जनाएको छ । त्यसैगरी टंकेश्वर आधारभूत बिद्यालयले बिभीन्न १० थरीका सामाग्रीहरु खरिद गरेको बिल भएपनि बिद्यालयको जिन्सी खातामा ती सामानहरु राखेको नपाइएको महालेखाले जनाएको छ ।janapatra

यसै बिषयमा महालेखा परिक्षकको कार्यालयले औल्याएको प्रतिवेदन यस्तो छ ।

समाचार