हेटौंडामा चोरी गर्दै गरेको अवस्थामा ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले चोरी गर्दै गरेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना महिला र तीन जना बालकहरु रहेका छन् ।हेटौंडा-५ की ३४ वर्षीया एमुना लामा र उनिसंगै हेटौंडा-५ का १२,१३ र १४ वर्षीय तीन बालकहरु रहेका छन् ।

गएराति २:३५ मा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ को राधाकृष्ण मन्दिर पछाडीको सलमान खानको घरमा चोरी गर्दैै गरेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले दिए ।  गएराति पक्राउ परेकाहरुलाई खानका घरका परिवारका सदस्य र स्थानीयले समातेर प्रहरीलाई खबर गरेका थिए

मोबाईल चोरी गरेर,दराज खोल्दै गरेको अवस्थामा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले बताए । उनले पक्राउ परेका महिला र बालकहरु माथि आवश्यक थप अनुसन्धान भइरहेको बताए ।

समाज