साफ च्याम्पियनसिप फुटबल :  आज नेपालले भारतसँग खेल्दै

साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ।

भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ।

खेलकुद