यो वर्ष भारतलाई १६ अर्बको बिजुली बेच्छौं : कुलमान 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँको विजुली बिक्री गर्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा उनले गत वर्ष ५ अर्बको विजुली बिक्री गरेको र आगामी वर्ष १६ अर्ब रुपैयाँको बिक्री गर्ने बताएका हुन् ।

उनले विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने बताए ।

सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै असन्तुष्टि जनाए । उद्योगहरुले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै घिसिङले त्यसका लागि प्रशारण लाइन र सबस्टेशनमा लगानी बढाइरहेको बताए ।

उनले विद्युतीय सवारी साधन चलाउँदा एक किलोमिटरमा एक रुपैयाँ पनि खर्च नहुने तर पेट्रोल डिजेलमा २० रुपैयाँ भाडा रहेको भन्दै विद्युतीय सवारी धेरै किफायती भएको दावी गरे । ‘विद्युतीय सवारीमा प्रति किलोमिटरमा एक रुपैयाँ पनि पर्दैन ।

अहिले पेट्रोल डिजेलमा २० रुपैयाँ पर्छ । अहिले विद्युतीय सवारी भए सिधै १९ रुपैयाँ बचाएको छ’ उनले भने ।

समाचार