अभिनेत्री नीता ढुंगाना अस्पताल भर्ना 

अस्वस्थ भएपछि अभिनेत्री नीता ढुंगाना मेडिसिटी अस्पताल भर्ना भएकी छन् । सोमबार बिहान चिकित्सकले उनको एपेन्डिक्सको शल्यक्रिया गरेका छन् ।

आइतबार लाजिम्पाटमा पार्लर उद्घाटन गर्न आयोजित कार्यक्रममा जाने क्रममा अस्वस्थ भएपछि उनी त्यतैबाट अस्पताल लागेकी थिइन् । सुरुमा ओम अस्पताल लगिए पनि त्यसपछि उनलाई मेडिसिटीतर्फ लगिएको थियो । नीतालाई अझै दुई दिन अस्पतालमै राखिने जनाइएको छ ।

मनोरञ्जन