ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु 

डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टिएको र ट्रयाक्टर चालक फरार भएको प्रहरी चौकी माझफाल डोल्पाले जनाएको छ ।

समाचार