आजको मौसमः प्रदेश-१ र बागमतीमा भारी वर्षाको सम्भावना

 नेपालको पूर्वीभेगबाट मौसमको नयाँ प्रणाली प्रवेश गरेको छ। जसले गर्दा आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदहरुको भनाइ छ।

आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देख सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि मंगलबार लुम्बिनी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।हाल कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकाले पूर्व क्षेत्रमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

समाचार