कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

 नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कोरोना भाइरसबाट संक्रमित भएका छन्।शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि चिकित्सकको परामर्शमा उपसभापति खड्का आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव गौतम विसीले  जनाएका छन्। 

आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको र नेता खड्का घरमै आराम गरिरहेकाे विसीको भनाइ छ। 

राजनीति