पहिरोले सडक बगाएपछि रसुवागढी नाका अवरुद्ध

रसुवा : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडक अवरुद्ध भएको छ। 

गएराति ठूलो वर्षाका कारण आएको पहिरोले उत्तरगया गाउँपालिका–५ स्थित बनुवामा कालोपत्रे सडक पहिरोले बगाएकाे हाे।​

सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या भएको छ।  पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। 

समाचार