सुनको मुल्य तोलामा ५ सय घट्यो 

बिहीबार सुन चाँदीको मुल्य घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ थियो ।

बुधबार तेजाबी सुन तोलाको ९६ हजार

६०० रुपैयाँमा किनबेच भएकोमा बिहीबार ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय २५ मा आएको छ ।

अर्थ