बारामा करेन्ट लागेर एकजनाको मृत्यु

बारामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-२ इनर्वाका ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको बाराका डिएसपी राजेश थापाले जानकारी दिए। 

उनका अनुसार आफ्नो खेतमा पानी हाल्न गएका यादवको मोटर तार जोड्ने क्रममा विद्युत् सर्ट धई शनिबार करिब ७ बजे मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

समाचार