यस्तो छ आजको सुनचाँदीको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य उकालो लागेको छ ।

गत शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   तेजाबी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अर्थ