ईन्द्रसरोबरमा भोलन  आफ्नै घरभित्र मृत अवस्थामा फेला

हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा एकको शव फेला परेको छ ।

गएराति गाउँपालिकाको वडा नंबर ४ को छापडाँडाकी ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक घरमा एक्लै बस्दै आएकी थिईन् ।

शवलाई पोस्टमार्टमको लागि हेटौंडा ल्याईएको र घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।-khabarbreak

समाज