आजको मौसमः  आज हल्का वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने 

हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र बागमती प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

आज राति पनि पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका कताकति मेघ गर्जन र चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।

यस्तै भोलि शनिबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । आइतबार गण्डकी, लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

समाज