हेटौँडामा पनि नक्सा नभएका, सडक मिचेर बनाएका संरचनामा डोजर चल्ने

हेटौँडा । हेटौँडा उपमहानगरपालिकापनि अबैध ढंगबाट सडक मिचेर बनाईएको संरचनालाई उपमहानगरपालिकाले खाली गर्ने तयारी गरेको छ । सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्या बढेको, बाटो हिडने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले हेटौँडाको त्यस्ता अबैध संरचना खालि गर्न निर्देशन दिन लागेको हो ।

उपमहानगरपालिकाले केहि दिनमानै ३५ दिनको सूचना प्रकाशन गरेर त्यस्ता संरचनालाई आफै हटाउन निर्देशन दिने तयारी गरेको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले बताईन् ।

उनले भनिन् ‘हामीले हाम्रो क्षेत्रधिकारभित्र पर्ने सडक मिचेर, विना नक्सा बनाईएका संरचना खालि गर्न सूचना प्रकाशन गर्ने तयारी गरेका छौँ, यदि सूचनाको हदम्याद भित्र संरचना खालि गरिएन भने उपमहानगरपालिकाले आफ्नो काम गर्ने छ ।’
काठमाण्डौँ उपमहानगरपालिकामा मेयर बालेन शाहले अबैध संरचना हटाउन थालेपछि हेटौँडामा पनि यसबारे बहस भएको थियो । हेटौँडामा पनि सडकपेटी कब्जा गरेर ब्यापार ब्यवसाय गर्ने, आफ्नो घरको पार्किङ बनाउने काम बढेको भन्दै स्थानीयहरुले उपमहानगरपालिकालाई सचेत गर्दै आईरहेको सन्र्दभमा उपमहानरले सूचना प्रकाशन गर्ने तयारी गरेको हो ।-khabarbreak

समाचार