भारतमा नेपाली फिल्मको सहज पहुँच दिलाउन पहल गर्छौं : राजदूत शर्मा 

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले नेपाली फिल्मलाई भारतीय बजारमा सहज पहुँच दिलाउन पहल गर्ने बताएका छन् ।

राजदूत शर्मा र ‘प्रेमगीत ३’ हिन्दी संस्करणका निर्माता सुवास काले तथा अभिनेता प्रदीप खड्काबीच दिल्लीस्थित राजदूतावासमा मंगलबार बिहान भएको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेटमा ‘प्रेमगीत ३’ निर्माता र अभिनेताले दूतावासको सहयोगको अपेक्षा गरेका थिए ।

सोमबार बेलुका राजदूत शर्मा र गृहमन्त्री अमित शाहबीच पनि आर्थिक कूटनीतिबारे छलफल भएको थियो ।

मनोरञ्जन