थप २७१ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २० जनामा परीक्षण गर्दा थप २ सय ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार थप १ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार १ सय ९४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

समाचार समाज