स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा ९२ जना कर्मचारी माग 


हेटौंडा
 । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालय हेटौंडाद्वारा ९२ जना जना कर्मचारीहरु माग गरिएको छ । चालु आर्थिक वर्षमा थप गरिएका बिद्यालयमा बिद्यालय नर्स राख्नेगरी बिज्ञापन गरेर कर्मचारी राख्न लागिएको हो । चालु आर्थिक वर्षका लागि बिद्यालय नर्स राख्नका लागि यही भदौ १४ गते १५ दिन भित्रमा योग्यता पुगेका नागरिकले आवेदन दिनका लागि आग्रह गरिएको छ ।

मन्त्रालयको ‘एक बिद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत कर्मचारी राख्न लागिएको स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ । निर्देशनालयले बिभीन्न जिल्लाका स्थानीय तह र बिद्यालयको नाम समेत खुलाएर बिद्यालय नर्स माग गरेको छ ।

यस्तो छ ‘एक बिद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत कर्मचारी माग गरिएको विस्तृत विवरण । 

समाचार समाज