सुनचाँदीको मूल्यमा गिरावट  

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९ सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

अर्थ