माओवादी–समाजवादीको एउटै घोषणापत्र, एमालेसँग तालमेल हुँदैन : प्रचण्ड

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  एकीकृत समाजवादीसँग एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताएका छन्।

पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका उनले शुक्रबार बिहान आयोजित कार्यक्रममा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताए। एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको उनको भनाइ छ।

अर्को प्रसंगमा उनले सत्तारुढ गठबन्धनभित्र प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउनेगरी सहमति भएको पनि दाबी गरे। संख्यामात्र नभई प्रदेश र क्षेत्रसमेत एकैपटक टुंगोमा पुर्‍ याउनेगरी अघि बढेको उनको भनाइ छ। 

राजनीति समाचार