मकवानपुरमा थप ४ जनामा कोरोना पुष्टि, थप ५ जना संक्रमण मुक्त

मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा ३ जना मनहरी गाउँपालिका भित्रका रहेका छन् भने एक जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल १३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

समाचार समाज