एएफसी एसियन कप छनोट : आज नेपाल र भुटान खेल्ने

 बहराइनमा हुने २० वर्षमुनिको एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपालले शनिबार भुटानको सामना गर्दैछ। 

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा हुने खेल बेलुकी पौने ९ बजे सुरु हुनेछ। छनोटको समूह ‘बी’ मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ। भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ। 

नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताएका छन्।  प्रशिक्षक केसीले एसियन कपमा छनोट हुने आशा राखेको बताएका छन्। 

नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन्। नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ। नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्ने तालिका छ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन्।

खेलकुद