राजतन्त्र पुनः स्थापनाको माग गर्दै नारायणहिटी अगाडि धर्ना

 शाही युवा शक्ति नेपालले राजतन्त्र पुनः स्थापनको माग गर्दै धर्ना दिएको छ। शनिबार नारायणहिटी दरबार अगाडि राजतन्त्र पुनः स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । 

उनीहरुले गणतान्त्रिक व्यवस्था खारेज गरौँ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र कायम गर्, राजा आउ देश बचाउ, राजा जनता एक हौँ, भ्रष्ट नेता मुर्दावाद लगायतका नारासहित बिरोध जनाएका थिए। 

उनीहरुले नागरिकता विधेयक अहिले जबरजस्ती ल्याइएको भन्दै नागरिकता विधेयक राष्ट्रघाती भएकोले समर्थन गर्न नसक्ने बताए। उनीहरुले श्रीपेच खोसेर लगाइदिन सक्ने चेतावनीसमेत दिए। 

उनीहरुले शान्तिपूर्ण ढंगबाट नेपाली सेना, नेपाल प्रहरी र जनतालाई साथमा लिएर व्यवस्था परिवर्तन गर्न चाहेको बताए। धर्ना दिँदै उनीहरुले श्रीपेच ज्ञानेन्द्र साहलाई नलगाए सार्वभौमिकता र धर्म सकिने बताए। 

उनीहरुले अहिले विदेशीको इसारामा देश लुट्ने शासन चलिरहेको भन्दै आपत्ति जनाए।

समाचार