हेटौंडामा १० करोड १३ लाखमा बनेको आफ्नै भवनमा वन संकाय 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मा १० करोड १३ लाख ११ हजार रुपैयाँ लागतमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत हेटौंडास्थित वन विज्ञान संकायको शैक्षिक भवन तयार भएको छ । अहिले यही भवनबाट पठनपाठनको काम समेत सुरु भएको छ । आज पत्रकार सम्मेलन गरेर यसका बारेमा जानकारी दिइएको हो ।

हेटौंडास्थित वन विज्ञान संकायका डिन डाक्टर बलराम भट्टले पहिले निकै दुख कष्टका साथ अध्यापन गराउँदै आएको भएपनि अहिले निकै सहज रुपमा यस भवनबाट पढाउन थालिएको बताउनुभयो । सुबिधा सम्पन्न पाँच तले भवनबाट अध्यापन गराँदै आएको र पहिलेको भवनको चावि हस्तान्तरण गरिएको बताउनुभयो ।

त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको चितवनस्थित कृषि क्याम्पस र हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान परिसरमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापना गर्ने भनी कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७ जारी भए पनि त्रिभूवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच स्वामित्वको विवाद जारी छ ।

शैक्षिक भवनमा २० वटा कोठा छन् । वन संकायका डीन डाक्टर बलराम भट्टले अब वन संकायको प्रशासनिक भवन र प्राध्यापक, कर्मचारी आवास भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरण यस्तो छ । 

janapatra

समाचार समाज