असोज ९ बाट मनहरी–३ मा वडा अध्यक्ष कप फुटबल हुने 

हेटौंडा । बडा दशैंको अवसरमा मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोला सिद्धकालीमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 
जनसिद्ध युवा क्लब सिद्धकालीको आयोजनामा असोज ९ गतेबाट वडा अध्यक्ष कप नकाउट फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ । 
९ ए साइड खेलाइने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा सहभागिता हुन चाहने टिमले ६ गते भित्र टिम दर्ता गर्नुपर्ने क्लबका अध्यक्ष ईमानसिङ लामाले जानकारी दिए । 
आयोजकले टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकेको छ । प्रतियोगितामा मनहरी गाउँपालिकाभित्रका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने आयोजकले नियम बनाएको छ । प्रतियोगिताको लागि करिब ४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । – prastakhabar

खेलकुद